अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१५ | Colorodo: 00:30

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बैशाख २८ मा नेपाल आउने

बिआरटीनेपाल २०७५ वैशाख १० गते १९:५९ मा प्रकाशित

काठमाडौँ । अब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ मा नेपाल आउने भएका छन् । मोदीको भ्रमणले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई पछाडि धकेलिएको छ । प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली हालै मात्र बेङजिङ पुगेर आएका थिए ।

त्यसोत, उनी नेपाल नआइपुग्दै भारतले नयाँ मिति तोक्यो । तर भ्रमणको औपचारिक घोषणाहुन बाँकी नै रहेको छ । दुई दिने राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी जनकपुर पनि जाने बताइएको छ ।

नेपालले ११ जेठमा मोदीलाई स्वागत गर्ने तयारी गरेको थियो । तर, भारतले नयाँ मिति प्रस्ताव गरेको छ, जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गरेका छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार ‘मे २५ का लागि तयारी गरिएको दियो तर भारतीय पक्षले मोदीका लागि मे ११ मा मिल्ने भयो भनेपछि त्यस अनुसार नै तयारी सुरु भएको हो । नेपालले एकपक्षीय रूपमा तोकिएको मोदीको भ्रमणको नयाँ मितिलाई स्वीकार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू