अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१ | Colorodo: 03:36

पूर्वडीआईजी निरौला पक्राउ, पूर्वआईजीपी अर्यालमाथि समेत आशंका

नेपाल समाचारपत्र २०७५ वैशाख १० गते १९:१२ मा प्रकाशित

काठमाडौँ । दुबईबाट अवैधरूपमा भित्रिएको ३३ किलो सुनको भरियाका रूपमा रहेका सनम शाक्यको हत्यापछि प्रहरीले उक्त काण्डमा संलग्न रहेको अभियोगमा पूर्वडीआईजी गोविन्द निरौलालाई पक्राउ गरेको छ। उक्त सुन काण्डको अनुसन्धान गरिरहेका गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको टोलीले पँर्वडीआईजी निरौलालाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएपछि उनी पक्राउ परेका हुन्।

अनुसन्धान टोलीले छानबिनका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत पँर्वडीआईजी निरौला सुन तस्करबिच पटकपटक सम्पर्कमा रहेको र विमानस्थलबाट सुन पास गराउन भूमिका खेलेको निष्कर्ष निकालेको थियो। गत माघको अन्तिम साता नेपाल भित्रिएको उक्त सुनका मालिक हुन् चँडामणि उप्रेती। उप्रेतीले नेपालका सबै सुरक्षा निकायलाई सेटिङ गरेपछि उक्त सुन नेपाल भित्रिएको थियो। उक्त सुनको भरियाका रूपमा रहेका शाक्यलाई सुन गायब बनाएको अभियोगमा उप्रेतीका मान्छेले चरम यातना दिएर हत्या गरेका थिए।

उनको हत्यापछि प्रहरीले छानबिन गर्ने क्रममा पँर्वप्रहरी महानिरीक्षक प्रकाश अर्यालको समेत संलग्नता रहेको आशङ्का गरेको छ। छानबिन समितिले उक्त सुन काण्डमा संलग्न रहेका भनिएका पँर्वआईजीपीका बारेमा समेत अनुसन्धान सुरु गरेको छ। प्रहरीले उक्त काण्डमा संलग्न रहेको अभियोगमा महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण पन्थीलाई प्रधान कार्यालय तानेर छानबिन सुरु गरेको छ।

उक्त काण्डमा संलग्न रहेको अभियोगमा प्रहरीले आरके ज्वलर्सका सञ्चालक राजेन्द्र शाक्यलगायतलाई पक्राउ गरी कारबाही अगाडि बढाएको छ। प्रहरीले उक्त सुन प्रकरणमा अहिलेसम्म ४० जनालाई पक्राउ गरेको छ। उक्त सुन काण्डमा संलग्न रहेको आशङ्कामा प्रहरीले ३८ जनाको सम्पत्ति रोक्का गरेको छ भने २२ जनालाई फरारको साँचीमा राखेर खोजी गरिरहेको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

सम्बन्धित सामग्रीहरू