अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०२ | Colorodo: 04:17

आणविक हतियार प्रयोगको खतरा बढ्दो: संयुक्त राष्ट्रसंघ

बिआरटीनेपाल २०७५ वैशाख १० गते ११:२८ मा प्रकाशित

जेनेभा, संयुक्त राष्ट्रसंघका उच्च अधिकारीले पछिल्लो समय युद्धमा आणविक हतियार प्रयोगको खतरा बढ्दो देखिएको बताएका छन । राष्ट्रसंघका परमाणु प्रसार निरोध सन्धि सङ्गठनका उच्च अधिकारी इजुमी नाकामिसुले आणविक हतियार आजको विश्वमा आवश्यक रहेको भन्ने भनाइप्रति विमति राख्दै भने, “चाहेर वा नचाहेर पनि आणविक हतियार प्रयोगको खतरा बढ्दो छ ।”

आणविक प्रसार निरोध सम्झौताको प्रारम्भिक समीक्षा बैठकमा बोल्दै उनले भने, आणविक हतियारको आवश्यकता र उपयोगिता रहेको भन्ने दाबीहरू बढ्न थालेका छन् जसले आणविक हतियारको प्रयोगको खतरालाई थपिदिएको छ ।

विश्वका नौ आणविक राष्ट्रहरूमध्ये बेलायत, चीन, फ्रान्स, रुस र संयुक्त राज्य अमेरिका गरी पाँच राष्ट्र परमाणु प्रसार निरोध सन्धि सङ्गठनका सदस्य रहेका छन् । तर उनीहरूको सन्धिप्रतिको प्रतिबद्धताका बाबजुद पनि ती सबै राष्ट्रहरू आफ्ना आणविक तथा अन्य हतियारलाई आधुनिक बनाउन विभिन्न बहानामा उद्दत रहेका पाइन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू