अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५२ | Colorodo: 18:07

पुनर्निर्माणसम्बन्धी प्रदर्शनी सुरु

बिआरटीनेपाल २०७५ वैशाख १० गते १०:२१ मा प्रकाशित

काठमाडौँ, गोरखा भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा पुनर्निर्माणको वर्तमान अवस्थाबारे जानकारी गराउने उद्देश्यले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको प्रदर्शनीको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले उद्घाटन गर्नु भयो ।

२०७२ वैशाख १२ गते गएको भूकम्पको तेस्रो स्मृति दिवसका सन्दर्भमा प्राधिकरण कार्यालय परिसरको पूर्वी द्वारमा पुनर्निर्माणसँग सम्बन्धित फोटोहरू एवम् प्रकाशित तथा श्रव्यदृश्य सामग्रीहरूको प्रदर्शनी आयोजना गरेको हो ।

प्रदर्शनीको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत भूसालले पुनर्निर्माणलाई अझ प्रभावकारी बनाउन राय सुझाव प्राप्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो । प्रदर्शनी वैशाख १३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू