अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५६ | Colorodo: 21:11

करेन्ट सङ्गीतका यात्रा वनेपामा

गीता अधिकारी, काठमाडौँ २०७५ वैशाख १० गते ९:५५ मा प्रकाशित

करेन्ट सङ्गीतका यात्रा वनेपामा सम्पन्न भएको छ । आइतबार काभ्रेको वनेपामा आधा दर्जन भन्दा बढी गायक गायिकाको सङ्गीतका प्रस्तुतिसँगै सम्पन्न भएको हो । देशव्यापी रहेको करेन्ट सङ्गीतका यात्रा आइतबार वनेपा पुगेको हो । जहाँ गायक श्रीकृष्ण लुइटेल ‘बोकेदारी, डेभिड शङ्कर, डम्बर नेपाली, सारिका घिमिरे, सीमान्त सन्तोष, टिका प्रसाईं, धुव्र विश्को र हास्य कलाकार माहदेव त्रिपाठीलगायतकाले प्रस्तुति दिएका थिए ।

वनेपा बसपार्कमा भएको कार्यक्रममा स्थानीय बासीको बाक्लो उस्थितिमा गायक गायिकाले भरपूर्ण मनोरञ्जन प्रदान गरेका थिए दर्शक/स्रोताहरुलाई । मनीषा थापा, इमा थापालगायतले नृत्य प्रस्तुत गरेको उक्त सङ्गीतका कार्यक्रममा उपस्थित दर्शकलाई गिफ्ट ह्यापर पनि प्रदान गरिएको थियो ।

करेन्ट चाउचाउले आयोजना गरेको करेन्ट सङ्गीतका यात्रा देशका विभिन्न ठाउँहरूमा गर्न लागेको यसका ब्रान्ड एम्बेसडर श्रीकृष्ण लुइटेलले जानकारी गराए ।