अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२० | Colorodo: 08:35

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, जर्जिया च्याप्टरको पुनर्गठन सम्पन्न

बिआरटीनेपाल २०७५ वैशाख ९ गते २२:०० मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, जर्जिया च्याप्टरको पुनर्गठन सम्पन्न भएको छ । निर्वाचनमा किरण मानिके अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ । यसै गरी उपाध्यक्षमा श्रीमती नमिता घिमिरे, महासचिवमा डा. सुशील राज पौडेल र सदस्यहरूमा मिरा कोइराला र शिव सुबेदी निर्वाचित हुनु भएको छ । विश्व अधिकारी, डा. सन्जिब सापकोटा र राजा घले रहनु भएको तीन सदस्यीय निर्वाचन समितिले सो घोषणा गरेको हो । रिक्त रहेका कोषाध्यक्ष र अन्य सदस्यहरूको चयन नवनिर्वाचित कार्यसमिति गर्ने छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माज्यूको लाइभ टेलिफोनमा नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो । नवनिर्वाचित कार्यसमितिलाई बधाई साथै सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू