अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३९ | Colorodo: 07:54

नेपालमा काम गर्न आउने विदेशीमा चिनियाँ धेरै

नयाँ पत्रिका २०७५ वैशाख ९ गते २०:२७ मा प्रकाशित

काठमाडौँ: नेपाली श्रमिक कामको खोजीमा अन्य मुलुकमा गएजस्तै विदेशी श्रमिक पनि कामका लागि नेपाल आउने गरेका छन्। श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आउने विदेशी कामदारमा करिब ७० प्रतिशत चिनियाँ रहेका छन्। चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा एक हजार ७८६ जना विदेशी कामदारले नेपालमा काम गर्न श्रम स्वीकृति लिइसकेको श्रम विभागले जनाएको छ। 

यसरी श्रम स्वीकृति लिने विदेशी कामदारको सङ्ख्या गत आर्थिक वर्षमा भने एक हजार ९७२ रहेको थियो। श्रम स्वीकृति लिएर नेपालमा काम गर्नेहरुमा चीनपछि क्रमशः बेलायत, अमेरिका, भारत र दक्षिण कोरियाका छन्। विदेशी लगानी भएका तथा विदेशी सहयोगमा सञ्चालित परियोजना तथा प्रतिष्ठानमा कार्यकारी प्रमुख तथा निश्चित सङ्ख्यमा विदेशी श्रमिक ल्याउन सकिने व्यवस्था छ। चिनियाँ लगानी तथा सहयोगमा विमानस्थल, सडक पूर्वाधार, जलविद्युतलगायतका ठुला परियोजना निर्माणका कारण चिनियाँ कामदारको सङ्ख्या अन्यको तुलनामा अत्यधिक देखिएको विभागले जनाएको छ।

सम्बन्धित सामग्रीहरू