अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४५ | Colorodo: 12:00

जन्मदर्ताविहीन दर्जनौँ बालबालिका विद्यालयमा भर्ना

बिआरटीनेपाल २०७५ वैशाख ९ गते २०:१३ मा प्रकाशित

महोत्तरी, जन्मदर्ताको अभावमा विद्यालयसम्म पुग्न नसकेका दर्जनौँ बालबालिकालाई गौशाला नगरपालिकाले सिफारिस गरेपछि उनीहरू सामुदायिक विद्यालयमा भर्ना भएका छन् ।आइतबार गौशाला नगरपालिका वडा नं ४ र १० का दलित बस्तीमा गरी ८८ जना उमेर पुगेका बालबालिकालाई नजिकै रहेको सामुदायिक विद्यालयमा भर्ना गरिएको हो ।

गौशाला–१० भरतपुरखेरका मुसहर समुदायका ४१ जनालाई जनता मावि भरतपुरखेरमा र गौशाला नगरपालिका–४ बिर्ताका ४७ जना बालबालिकालाई नजिकै रहेको राष्ट्रिय आधारभूत विद्यालयमा भर्ना गराएको स्रोत व्यक्ति दीपक बरालले बताउनुभयो ।

गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले यस्ता समुदायका बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराउनको लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो । गौशाला नगरपालिका भित्र रहेको ३२ वटै सामुदायिक विद्यालयमा भर्ना अभियान तीव्ररुपमा सञ्चालन गर्नका लागि आफूले बारम्बार निर्देशन दिएको महतोले जानकारी दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू