अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०१ | Colorodo: 17:16

कोलोराडोमा हुने सप्ताहमा कोलोराडोका सबै संस्थाहरूको एकबद्दता

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ वैशाख ९ गते १३:४१ मा प्रकाशित

आगामी अप्रिल २८ देखी मे ५ सम्म कोलोराडोको अरोरा सहरमा बाचन प्रबिण पं दिनबन्धु पोखरेलबाट हुनगई रहेको श्रीमद भागवत महापुराण सप्ताहलाई कोलोराडोमा भएका नेपाली सङ्घ संस्थाहरूले सहयोग गर्ने भएका छन् । नेपाली सामुदायिक भवनको निर्माणको लागि आर्थिक सङ्कलनको उद्देश्य अनुरूप नेपाली घरको संयोजनामा हुने यस सप्ताहमा धार्मिक प्रबचन श्रवणको लागि सम्पूर्ण कोलोराडोबासी भक्तजनहरूको उपस्थितिको लागि अनुरोध गरेका छन् । 

यसै सन्दर्भमा कोलोराडोको सबै भन्दा पुरानो नेपाली संस्था रक्की माउन्टेन फ्रेन्डस अफ नेपाल अध्यक्ष विनोद त्रिपाठीले बिआरटी नेपालसँगको कुराकानीमा आफू नयाँ वर्ष तथा नेपाल डे परेडमा व्यस्त भएको तथा अब आफ्नो संस्थाको तर्फबाट खुलेर सहयोग गर्ने बताएका छन् । साथै कोलोराडो बासी सम्पूर्ण नेपाली तथा नेपाली भाषीलाई उक्त कार्यक्रममा सहभागी हुन प्रेस बिज्ञप्ती तथा भिडियो क्लिप मार्फत आग्रह समेत गरेका छन् ।

त्यसै गरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरले पनि कोलोराडो सप्ताहमा सबै नेपाली दाजु भाइ दिदी बहिनीलाई सहभागी भई सक्दो सहयोग गर्न अनुरोध गरेको छ । च्याप्टर अध्यक्ष कृष्ण मुरारी ढुङेलले एक भिडियो क्लिपमा सहयोगको लागि अनुरोध गरेका हुन भने बिज्ञप्ती पनि निकालेका छन् ।

त्यस्तै एन आर एन कोलोराडो च्याप्टरले पनि कोलोराडो सप्ताहसँग एमओयुमा हस्ताक्षर गरेर सहयोग गर्ने बाचा गरेको छ । च्याप्टर अध्यक्ष राज ढुङ्गानाले बिआरटी नेपालसँगको कुराकानीमा नेपाली कम्युनिटी कोलोराडोमा बनाउने उदेश्यले गरिएको उक्त सप्ताहमा च्याप्टर भिडी सकेको र आफू लगायत कार्यसमितिका साथीहरू धेरै उत्सुकता साथ लागि परि सकेको बताएका छन् ।

तमु धि कोलोराडो, सङ्खुवासभा कम्युनिटी अफ अमेरिका, ब्लड डोनर्स एसोसिएसन, नेवा ख:ल, बुद्धिस्ट समाज, ग्लोबल भुटानिज कम्युनिटी लगायत कोलोराडोको सम्पूर्ण नेपाली भाषी सङ्घ संस्थाले सफलताको कामना सहित सहयोगको प्रतिबद्धता जनाएका छन् । 

प्रतिक्रिया