अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३२ | Colorodo: 23:47

एलनको नाटक ‘बोक्सी उद्योग’ प्रदर्शित

रामकुमार एलन, काठमाडौँ २०७५ वैशाख ९ गते ११:३७ मा प्रकाशित

पत्रकार तथा लेखक रामकुमार एलनद्वारा लिखित नाटक ‘बोक्सी उद्योग’ काठमाडौँमा प्रदर्शन गरिएको छ ।

सिस्टर नेपालले गरेको मध्यपश्चिम क्षेत्रको लोकप्रिय भाका सिगारु गीत ‘आँखा जुध्यो’को अडियो तथा भिडियो सार्वजनिक कार्यक्रममा नाटक ‘बोक्सी उद्योग’ प्रदर्शन गरिएको हो ।

समाजमा बोक्सी आरोपमा महिलामाथि भइरहेको ताडना अन्त्य गर्दै समतामूलक समाज निर्माणमा युवाको भूमिका अपरिहार्य भएको सन्देश नाटकमार्फत दिइएको छ । नाटकमा लालटिन नेपाल समूहका कलाकार केसी राजा, बालानन्द मैनाली, पदम घिमिरे, सञ्जीव राई, अंकिता राई, नितु पौडेल, रुपेश राईलगायतले अभिनय गरेका थिए । नाटक टार्जन दाहाल र केसी राजाले निर्देशन गरेका हुन् ।

सिस्टर नेपालका अध्यक्ष नन्दा बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले कलाकारले समाजका नराम्रा पाटो अन्त्य गर्न र हिंसारहित समाज निर्माण गर्न अभिनयमार्फत सन्देश प्रवाह गर्नु पर्ने बताउनु भयो ।

नाटक ‘बोक्सी उद्योग’ सडक नाटकका रूपमा देशका विभिन्न सहरमा र छिट्टै काठमाडौँको कुनै एक नाटक घरमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको निर्देशक टार्जन दाहालले बताउनु भयो ।  

प्रतिक्रिया