अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५५ | Colorodo: 14:10

नेशनल बैंकिंग इन्स्टिच्यूटद्वारा बैंकिंग डिजीटाइजेशनका विज्ञ जोशीसँग सम्झौता-पत्रमा हस्ताक्षर

बिआरटीनेपाल २०७५ वैशाख ९ गते ११:३२ मा प्रकाशित

नेशनल बैंकिंग इन्स्टिच्यूट (NBI)द्वारा बैंकिंग डिजीटाइजेशनका विज्ञ श्री राहुल जोशीसँग हालसालै नयाँ सम्झौता-पत्रमा हस्ताक्षर भएको छ | आफ्नू जीवनको लगभग २ दशक सम्म एक्लैले भारतको सबैभन्दा ठुलो निजीबैंक, ICICIको डिजीटल नीति सम्हाल्दै आउनुभएका श्री राहुल जोशी मुम्बईका बासिन्दा हुनुहुन्छ ।

यस सम्झौताअनुरूप NBI ले यहाँका विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूलाई डिजीटाइजेशनका सम्बन्धमा परामर्श सेवा प्रदान गर्ने भएको छ | यसबाट बैङ्क तथा वित्तीय संस्थाहरूले डिजीटाइजेशनलाई एक प्रकारको व्यापारिक रणनीतिको रूपमा लिएर अगाडि बढी निकै प्रभावकारी ढङ्गले ग्राहक तथा व्यापार व्यवसायलाई अभिवृद्धि गर्न सक्षम हुनेछन् |

यसरी NBI ले आगामी दिनमा सर्टिफिकेशन कोर्स सञ्चालन गर्नुका साथै डिजीटाइजेशन सम्बन्धी परामर्श सेवाको थालनी गर्ने भएको छ |

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू