अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२७ | Colorodo: 11:42

लुईसांग बाइबा तामाङलाई संस्थाको सल्लाहकारबाट निलम्बन

बिआरटीनेपाल २०७५ वैशाख ९ गते ११:२७ मा प्रकाशित

प्रेस-विज्ञप्ति

नेपाल आदिवासी जनजाति महासङ्घ, अमेरिका केन्द्रीय समिति र महासङ्घको सम्पूर्ण सदस्य संस्थाहरूको सहभागितामा शनिवार, अप्रिल २१, २०१८ फिप्नाको कार्यालयमा बसेको बृहत् बैठकबाट निवर्तमान अध्यक्ष लुइसांग बाइबा तामाङ र निवर्तमान उपाध्यक्ष मंगलदास श्रेष्ठले संस्था विरुद्ध गतिविधि गरेको र संस्थाले पटक पटक छलफलको लागि पहल गर्दा समेत वास्ता नगरेकोले बैठक बसेको मितिबाट सङ्घीय परिषद्को बैठक सम्मको लागि लुईसांग बाइबा तामाङलाई संस्थाको सल्लाहकारबाट निलम्बन गरिएको छ | सोही बैठकले निवर्तमान अध्यक्ष र निवर्तमान उपाध्यक्षलाई आगामी दिनमा फिप्नाको लागि र फिप्नाको तर्फबाट समेत प्रतिनिधि तथा पर्यबेक्षक हुन नपाउने गरी कारबाहीको निर्णय गरिएको छ | तर फिप्नाको आगामी सङ्घीय परिषद् बैठकमा एक पटक स्पष्टीकरण दिने अवसर दिइने निर्णय भएको छ |

फिप्नाको निवर्तमान अध्यक्ष र निवर्तमान उपाध्यक्षको ब्याक्तिगत सक्रियतामा सम्पूर्ण सङ्घ संस्था र समुदायलाई बेवास्ता गर्दै गर्न खोजिएको ब्याक्तिगत स्वार्थपूर्ण नेपाल डे परेड र सम्बन्धित व्याक्तिहरुको बिरुध्द न्यु योर्क सिटीको मेयर कार्यालयको क्रिमिनल ल अफिस, एटोर्नी जनरल अफिस, पार्क तथा रिक्रिएशन अफिस, ट्याक्स एण्ड फाईनान्स विभाग र क्वीन्स काउन्टी कोर्ट मा कम्प्लेन तथा ज्ञापन पत्र बुझाई सकिएको र थप कानुनी प्रकिया तुरुन्त अगाडी बढाउने निर्णय गरिएको छ |

नेपाल डे परेड २०१६ र २०१७ सम्पन्न गर्न फिप्नाको नाममा छुट्टै बैङ्क एकाउन्ट खोलिएको र सम्पूर्ण आर्थिक कारोबार फिप्नाको नाममा गरी फिप्नालाई अहिले सम्म बिलभरपाई सहितको कुनै पनि हर-हिसाब, बैङ्क एकाउन्ट विवरणहरू पटक पटक अनुरोध गर्दा पनि नबुझाएकोले फिप्ना कानुनी सहयोग लिन बाध्य भएको जानकारी गराउँदै व्यक्तिगत स्वार्थपूर्ण तरिकाले गरिने सम्पूर्ण गतिविधि विरुद्ध सहयोग र सहकार्यको लागि सम्पूर्णमा महासङ्घ यसै विज्ञप्ति मार्फत हार्दिक अनुरोध गर्दछ |

धन्यवाद,

______________
मान बहादुर रानामगर
अध्यक्ष

प्रतिक्रिया