अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

बार्सिलोनाले जित्यो कोपा डेल रेको ३० औं उपाधि

बिआरटीनेपाल २०७५ वैशाख ८ गते १९:२८ मा प्रकाशित

लुइस स्वरेजले दुई गोलसँगै बार्सिलोनाले लगातार चौथो पटक कोपा डेल रेको उपाधि जितेको छ । प्रशिक्षक इर्नेस्टो भाल्र्डेडेको नेतृत्वमा पहिलो उपाधि हो भने कोपा डेलको ३० औँ। गएराती भएको फाइनलमा बार्सिलोनाले सेभियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ५-० को जित निकालेको छ ।

मड्रिडमा भएको खेलमा बार्सिलोनाले १४ औँ मिनेटमा स्वरेजको गोलबाट अग्रता लिएको थियो । ३१ औँ मिनेटमा मेस्सीले गोल गरे । उनको यो सिजनको ४० औँ गोल हो । खेलको ४० औँ मिनेटमा स्वरेजले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा बार्सिलोना ३-० ले अगाडि रहृयो ।

खेलको ५२ औँ मिनेटमा एनिष्टाले गोल गरे भने ६९ औँ मिनेटमा काउटिन्होले पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले फाइनलमै ५-० को शानदार जित निकाल्यो । एथ्लेटिको मड्रिडलाई हराउँदै फाइनलमा पुगेको सेभिया बार्सिलोनाविरुद्ध निकै कमजोर देखिएको थियो । यद्यपि एक गोलले पछि परेको अवस्थामा उसका वाकिङ कोरियाले राम्रो मौका गुमाएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू