अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३३ | Colorodo: 12:48

भारतिय प्रधानमन्त्री मोदी जेठ ११ मा नेपाल आउने

बिआरटीनेपाल २०७५ वैशाख ८ गते १९:०१ मा प्रकाशित

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अन्ततः नेपाल भ्रमणमा आउँने भएका छन् । मोदी आगामी जेठ ११ गते नेपाल आउने निश्चित भएको छ । सोही अनुसार आगामी मे २५ मा मोदीलाई नेपालमा स्वागत गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतको हिन्दुस्तान टाइम्सले मोदी आगामी मे ११ अर्थात् वैशाख २८ मै नेपाल भ्रमणमा आउने समाचार लेखेको छ । तर, परराष्ट्रका अधिकारीहरू भने मे ११ मा नभई मे २५ मा मोदीको भ्रमणको तयारी भइरहेको बताएको छ । स्रोतका अनुसार, मे २० देखि २५ बिचमा भ्रमणको मिति तय हुन सक्छ । मोदीको समयको आधारमा मिति तय गर्ने गृहकार्य भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू