अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०० | Colorodo: 10:15

नेपाली चलचित्र संयोगको प्रिमियर सो न्यूह्यामशायरमा

बिआरटीनेपाल २०७५ वैशाख ८ गते ८:५६ मा प्रकाशित

गीता खत्रीको संयोग कथामा आधारित नेपाली चलचित्र संयोगको प्रिमियर सो न्यूह्यामशायरको कन्कर्ड सहरमा आगामी मे १२, २०१८ शनिवारका दिन बेलुकी ५ बजे 55 Bradley Street, Concord, NH 03301 प्रदर्शन हुँदैछ । न्यूयोर्कमा तयार भएको यस चलचित्रमा अम्बिका ज्ञवाली, कृष थापा, अनु खड्का, गीता खत्री, ज्योतीकुमार श्रेष्ठ, कुन्ती थापा, आज्ञा ज्ञवाली आदि कलाकारहरूले बेजोडको अभिनय गर्नु भएको छ ।

यसको निर्देशक, छाँयाकन तथा पटकथा ओम कर्माचार्यले गर्नु भएको छ । न्यु योर्क, न्यूसर्जी र पेन्सिलभानियका विभिन्न स्थानहरूमा छाँयाकन गरिएको यो चलचित्रले आजको युगमा मानिसमानिसबीच प्रेम र सद्भाव कायम भएमा एउटाको जीवन बितेर गएपनि उसको नाममा कति जीवन रमाएर जिउन सक्छन् भन्ने भावनालाई जीवन्तता दिइएको छ । हेर्न नभुल्नु होला । धेरै लामो छैन, एक घण्टाभन्दा कम समयमै सकिन्छ । 

प्रतिक्रिया