अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:११ | Colorodo: 21:26

उच्च तहका विद्यार्थीहरू पनि नेपाली विषय प्रति सम्बेदनशील

बिआरटीनेपाल २०७५ वैशाख ८ गते ८:२९ मा प्रकाशित

प्रेस विज्ञप्ति

विषय: कक्षा ११ र १२ मा अनिवार्य नेपाली विषय १००/१०० पूर्णाङ्कको गर्नेबारे

नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रबाट कक्षा ११ र १२ मा अनिवार्य नेपाली विषय विस्थापन गर्ने अथवा ५०/५० पूर्णाङ्कको बनाउनेजस्ता षड्यन्त्रकारी क्रियाकलापहरू भइरहेको कुरा विभिन्न सञ्चार माध्यमबाट बाहिर आइरहेको छ । यस्तो खराब कदमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हाल कक्षा ११ र १२ लाई विद्यालय तहमा समेटिएको हुनाले अन्य कक्षामा भैm“ कक्षा ११ र १२ मा पनि १००/१०० पूर्णाङ्कको नेपाली विषय राख्नु पर्नेमा विस्थापन गर्न खोजिनु निन्दनीय कार्य हो । यस सन्दर्भमा मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले मिति २०७४/११/२५ मा नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्र र शिक्षा मन्त्रालयमा प्रस्तुत गरेको अवधारणापत्र यहाँ“लाई अवगतै छ । यदि त्यसलाई बेवास्ता गरिएको हो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ ।

हामी कक्षा ११ र १२ मा १००/१०० पूर्णाङ्कको अनिवार्य नेपाली विषय अनिवार्य रूपमा समावेश गरिनुपर्छ भनी जोडदार माग गर्दछौँ । यो हाम्रो सामान्य माग मात्र नभएर सिङ्गो नेपाली जातिको पहिचान र राष्ट्रियतास“ग गा“सिएको विषय भएकाले यसप्रति बेवास्ता गरिएमा हामी राष्ट्रिय रूपमा सशक्त आन्दोलन गर्न बाध्य हुनेछौँ । त्यसबाट उत्पन्न दुष्परिणामको जिम्मेवार नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र नै हुनेछ ।

बोधार्थ
१. माननीय मन्त्रीज्यू, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार, काठमाडौँ
२. श्रीमान् विभागीय प्रमुखज्यू, नेपाली केन्द्रीय विभाग तथा अध्यक्षज्यू, नेपाली विषय समिति त्रि.वि.
३. श्रीमान् अध्यक्षज्यू, नेपाली भाषा तथा राष्ट्रिय भाषा शिक्षा विषय समिति, कीर्तिपुर
४. श्रीमान् अध्यक्षज्यू, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल, कीर्तिपुर, काठमाडौँ
५. श्रीमान् कार्यकारी निर्देशकज्यू, त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्र, कीर्तिपुर

मिति: २०७५–१–८

सविन लम्साल
संयोजक
नेपाली विषय बचाउ अभियान
दर्शनाचार्य कार्यक्रम, नेपाली केन्द्रीय विभाग, कीर्तिपुर

प्रतिक्रिया