अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११ | Colorodo: 13:26

पसलेको छायाङ्कन सम्पन्न

श्याम हरी, काठमाडौँ २०७५ वैशाख ८ गते ७:४३ मा प्रकाशित

निर्देशक राजेन्द्र कुमार अर्याल ‘राजु’ निर्देशित सातौँ फिल्म ‘पसले’ को सम्पूर्ण छायाङ्कन सकिएको छ । एनपी फिल्मस् प्रोडक्सन प्रा.लिई. का लागि निर्माताद्धय सञ्जय कुमार थापा र गणेश प्रसाद चुँडालले यो चलचित्र निर्माण गरेका हुन ।

काठमाडौँ, काभ्रे, धनगढी र चितवनमा यो चलचित्रको छायाङ्कन गरिएको हो । निर्देशक अर्यालले ‘पसले’ जातीय छुवाछुत र पहाड तराइबिचको मतभेदमा केन्द्रित रहेको बताए । यस अघि राजेन्द्रले ‘यो कस्तो प्रेम’, ‘अन्योल यात्रा’, ‘सिता’, ‘जिन्दगी’, ‘जस्ट फर यु’, ‘एक्सन’ फिल्मको निर्देशन गरिसकेका छन् । २०५६ सालमा ‘अविरल बग्दछ इन्द्रावती’ टेलिचलचित्रमा निर्देशक बद्री अधिकारीको एसिस्टेन्स डाइरेक्टर हुँदै उनले कला क्षेत्रमा हात हालेका हुन् । ‘जिन्दगी’, ‘एक्सन’ र ‘पसले’ लाई निर्देशक स्वयम् अर्यालले लेखेका हुन् । कलाकार दयाहाङ राई र हरिवंश आचार्यलाई लिएर फिल्म निर्देशन गर्ने उनको चाहाना रहेको छ ।  

यता निर्माता सञ्जयले भने पिटर खालिङ राईसँग मिलेर ‘अन्योल यात्रा’ निर्माण गरेका थिए । मेकिङको हिसाबले उनको यो दोस्रो चलचित्र हो । सामाजिक कथावस्तुमा आधारित ‘पसले’ मा राजन महर्जन, ऋतु लामा, सुशान्त माझी, अनिल खतिवडा, जिएस् आले, रमेश भट्टराई, दीपेन्द्र कोइराला, अर्जुन भुषाल, सुनिता पौडेल, रोहन नेपाल लगायतको अभिनय रहेको छ । चलचित्रमा किरण दाहालको द्धन्द, राजेन्द्र थापाको छायाङ्कन, रामप्यासी र दीपेश सुब्बाको कोरियोग्राफी रहेको छ । चलचित्रको गीतमा सङ्गीत अमित चौधरीले दिएका हुन् । फिल्म रिलिज डेट भने हाल तय गरिएको छैन ।

प्रतिक्रिया