अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१५ | Colorodo: 17:30

दोस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन भव्यताका साथ सम्पन्न हुने

बिआरटीनेपाल २०७५ वैशाख ८ गते ६:२६ मा प्रकाशित

यही मे ११ देखि १३, २०१८ मा न्युह्याम्पशायर, अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युह्याम्पशायर च्याप्टरको आतिथ्यतामा दोस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन आयोजना हुने भएको छ । सम्मेलनमा अमेरिका लगायत विश्वका विभिन्न राष्ट्रहरूबाट सहभागिता रहने र सम्मेलनमा अनेसास राम लामा सर्वोत्कृष्ट च्याप्टर पुरस्कार प्रदान गरिने, च्याप्टरहरूको प्रतिवेदन प्रस्तुत गरिने, अनेसासका च्याप्टरहरूको संस्थागत विकास तथा नेतृत्व विकाससम्बन्धी छलफल एवं अन्तरक्रिया हुने, विभिन्न पुस्तकहरू बिमोचन हुने, विश्व काव्य गोष्ठी आयोजना हुने, न्युह्याम्पशायर घोषणा पत्र प्रस्तुत हुने अनेसासका अध्यक्ष पदम विश्वकर्माले जनाएका छन् ।

सम्मेलनमा न्युह्याम्पशायर राज्यका गभर्नर क्रिष्टोफर सुनुनु (Christopher T. Sununu), सिनेटरहरु सहभागी हुने सो कार्यक्रममा खाना, आवासको तयारी हुनुको साथै कार्यक्रममा सांस्कृतिक कार्यक्रमको तयारी, कार्यक्रम हल व्यवस्था आदि तयारी भैसकेको अनेसास न्युह्याम्पशायर च्याप्टरका अध्यक्ष कृष्ण गिरीले बताएका छन् । 

यसै गरी अनेसासका महासचिव गोवर्द्धन पूजाले सम्मेलनमा अनेसास बोर्ड अफ ट्रष्टीका पदाधिकारीहरू, अनेसासका पूर्व अध्यक्षहरू, विभिन्न साहित्यकारहरू, ४० भन्दा बढी च्याप्टरहरूका पदाधिकारीहरू सहभागी हुने हुनाले सम्मेलन भब्यरुपमा सम्पन्न हुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू