अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०६ | Colorodo: 17:21

स्मार्ट लाइसेन्स लिँदा अनिवार्य कक्षा

बिआरटीनेपाल २०७५ वैशाख ७ गते २०:२८ मा प्रकाशित

काठमाडौँ । नयाँ सवारी चालक अनुमतिपत्र लिने व्यक्तिलाई सरकारले अनिवार्यरूपमा ट्राफिक नियमको बारेमा कक्षा लिनुपर्ने नियम लागँ गर्ने भएको छ।

सवारी दुर्घटना न्यँनीकरण गर्न र चालकलाई सवारी चलाउँदा जिम्मेवारीबोध गराउने उद्देश्यको साथ लाइसेन्स वितरण गर्ने क्रममा अनिवार्यरूपमा कक्षा सञ्चालन गर्ने भएको हो। यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र लिने व्यक्तिले लिखित र ट्रायल पास गरेपछि लाइसेन्स लिने क्रममा आधा घण्टादेखि एक घण्टाको ट्राफिक जनचेतनासम्बन्धी कक्षा लिने गृहकार्य अगाडि बढाएको छ।

चालक अनुमतिपत्र लिइसकेपछि जिम्मेवारीबोध गराउन र सम्भावित सवारी दुर्घटनाबाट जोगाउने उद्देश्यका साथ आगामी आर्थिक वर्ष २०७५–०७६ बाट चालकहरूले कक्षा लिनुपर्ने प्रावधान लाग गर्ने गृहकार्य सुरु गरेको छ।

‘चालक जिम्मेवार हुँदा दुर्घटना कम हुन्छ, चालकलाई जिम्मेवार बनाउने र दायित्वबोध गराउन विभागले अब कक्षा नै सञ्चालन गर्ने तयारी गरेको छ’, उहाँले भन्नुभयो– ‘आधा घण्टादेखि एक घण्टासम्मको कक्षा सञ्चालन गर्दा ट्राफिक नियम, सडकको अवस्था र सवारी दुर्घटना हुन नदिन अपनाउनुपर्ने सावधानीको विषयमा जानकारी गराइन्छ।’

लिखित परीक्षामा धेरै अनुत्तीर्ण भएपछि सरकारले लाइसेन्स लिनका लागि लिखित परीक्षा खुकुलो बनाएको छ। लिखित परीक्षामा २० वटा प्रश्नमध्ये दसवटा प्रश्न मिलाउनासाथ पास हुने गरेका छन्।

विभागले चालकलाई कक्षा सञ्चालन गर्न यस आर्थिक वर्षबाट नै सुरु गर्न खोजे पनि आर्थिक अभावका कारणले अगाडि बढाउन नसकिएको बताइएको छ।

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापासे) गरी सवारी सञ्चालन गरेको अवस्थामा चालकहरूलाई जरिवानासहित तीन घण्टा ट्राफिक नियमका बारेमा कक्षा दिँदै आएको छ। तर विभागले भने जिम्मेवार चालक बनाउने उद्देश्यले लाइसेन्स विवतरण गर्नुअघि अनिवार्यरूपमा कक्षा सञ्चालन गर्न लागेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू