अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२८ | Colorodo: 12:43

विश्वकप क्वालिफायरमा नेपाल समूह बी मा

बिआरटीनेपाल २०७५ वैशाख ७ गते २०:२३ मा प्रकाशित

काठमाडौँ । अस्ट्रेलियामा सन् २०२० मा आयोजना हुने आईसीसी टी २० विश्वकप क्रिकेट क्वालिफायरको तालिका सार्वजनिक भएको छ । सो तालिका अनुसार नेपालले एसियन क्वालिफायर अन्तर्गत पहिलो चरणमा समूह बी मा भुटान, चीन, थाइल्यान्ड, मलेसिया, सिंगापुर र म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । 

यो समूहबाट शीर्ष तीन र समूह ए बाट शीर्ष तीन गरी ६ टोली एसियन फाइनल चरणका लागि छनोट हुनेछन् । समूह ए मा बहराइन, युएई, कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया रहेका छन् । यसका खेलहरू आगामी अक्टोबर ३ देखि १२ तारिखसम्म मलेसियामा हुनेछ । यो समूहका शीर्ष दुई टोलीले टी २० विश्वकप क्रिकेट क्वालिफायरको अन्तिम चरणमा छनोट हुनेछन् ।

यो तेस्रो चरणमा विभिन्न क्षेत्रबाट आएका उत्कृष्ट ८ टोली र २०१६ विश्वकपमा शीर्ष १० बाहिर भएका ६ टोली गरी १४ टोलीले शीर्ष ६ मा रहेर टी२० विश्वकपमा पुग्न प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू