अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

फाइभजीको दौड

कान्तिपुर २०७५ वैशाख ७ गते २०:१४ मा प्रकाशित

काठमाडौँ – नेपालका अधिकांश भूभागमा ‘थ्रीजी’ सेवा पुगे पनि सीमित ठाउँमा मात्रै ‘फोरजी’ पुगेको छ । फोरजी’ सेवा पुर्‍याउन नेपालमा कठिनाइ भइरहँदा यसपछिको मोबाइल प्रविधिको अनुसन्धान विकासमा भने केही देश जोडतोडले लागेका छन् ।

केही मुलुक, टेलिकम सेवा प्रदायक र यससँग सम्बन्धित उपकरण उत्पादक कम्पनीहरूले यसको विकासमा ठुलो लगानी र समय खर्चिरहेका छन् । सम्भवतः यही वर्ष, नभए आगामी वर्ष यी मध्ये केहीले ‘फाइभजी’ प्रविधिको व्यावसायिक प्रयोग सुरु गर्नेछन् । यसको सर्वसुलभताले ताररहित इन्टरनेट प्रविधिमा ठुलो फड्को मार्न सक्छ ।  सन् २०२० सम्ममा सर्वसुलभ बन्ने अनुमान गरिएको यो प्रविधि सुन् २०१८ र २०१९ मा केही मुलुकमा उपलब्ध हुने अनुमान छ । 

सम्बन्धित सामग्रीहरू