अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३४ | Colorodo: 07:49

प्लान इन्टरनेशनलको प्रस्ताव नेपाली प्राथमिकताविपरीत, ८ अर्बको कार्यक्रम रोकियो

नागरिक दैनिक २०७५ वैशाख ७ गते १९:५७ मा प्रकाशित

नेपालको विकासमा साझेदार अन्तर्राष्ट्रिय संस्था प्लान इन्टरनेशनलले आगामी पाँच वर्षका लागि प्रस्तुत गरेको कार्यक्रम नेपालको प्राथमिकताविपरीत रहेको पाइएको छ । उक्त संस्थाले हालै समाज कल्याण परिषद्को माध्यमबाट समाज कल्याण मन्त्रालयमा पाँचवर्षे कार्यक्रम पेस गरेको थियो ।

आठ अर्ब रुपैयाँको उक्त परियोजना वास्तविक कामभन्दा सफ्टवेयरमा केन्द्रित देखिएपछि मन्त्रालयले उक्त कार्यक्रम अस्वीकृत गरेको छ । मन्त्रालयअन्तर्गतको सहजीकरण समितिले उक्त आयोजनाको फाइल समाज कल्याण परिषदमै फिर्ता गरिदिएको छ ।

नागरिक दैनिकका अनुसार प्लानले चाइल्ड सेन्टर्ड कम्युनिटी डेभलपमेन्ट प्रोजेक्टको दोस्रो चरणका लागि ८ अर्ब रुपैयाँको कार्यक्रम प्रस्ताव गरेको थियो । त्यसमध्ये नेपालको प्राथमिकताप्राप्त काममा पर्ने रकम ७८ करोड मात्र रहेको मन्त्रालय स्रोतले जानकारी दियो ।

सम्बन्धित सामग्रीहरू