अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०८ | Colorodo: 15:23

एमाले–माओवादी एकताः जनयुद्धमा विदेशीको आपत्ति

कान्तिपुर २०७५ वैशाख ७ गते १९:५३ मा प्रकाशित

एकीकृत पार्टीको विधानमा ‘जनयुद्ध’ शब्द राख्न माओवादीको दबाबलाई एमालेले ठाडै अस्वीकार गर्दा एकता प्रक्रिया अन्योल देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई एकीकृत पार्टीको विधानमा ‘जनयुद्ध’ राख्न दबाब दिएका छन् । पार्टी सङ्गठनमा ५०–५० को हिस्सेदारी र विधानमा ‘जनयुद्ध’ शब्द राख्ने–नराख्ने विषयमा एमाले–माओवादीबिच तीव्र विवाद छ ।

शुक्रवारको बैठकमा ‘जनयुद्ध’लाई एकीकृत पार्टीको विधानमा राख्न र केन्द्रीय नेतृत्वमा समान हिस्सेदारी सिद्धान्त अनुमोदन गर्न दाहालको आग्रहलाई ओलीले ठाडै अस्वीकार गरेको स्रोतको दाबी छ ।

ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘१० वर्षे जनयुद्ध र त्यसले पुर्‍याएको मानवीय एवं भौतिक संरचनाको क्षतिका आधारमा आज पनि अन्तर्राष्ट्रिय जगत्ले माओवादीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन । यस्तो अवस्थामा एकीकृत पार्टीको विधानमै जनयुद्ध शब्द राख्न सकिँदैन ।’

ओलीले निर्वाचनका बेला उम्मेदवारी दिँदा भएको ७०–३० को रेसियोमा पार्टी सङ्गठनमा जिम्मेवारी बाँडफाँडमा जोड दिएका थिए । सङ्गठन सहभागितामा केही लचिलो हुँदै ओलीले पूर्ववत् सहमतिमा एक–दुई प्रतिशत तलमाथि गर्न सकिने बताएका थिए । 

सम्बन्धित सामग्रीहरू