अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२९ | Colorodo: 18:44

सफल यूवा ब्यबसायी अनोज रिमाल सिटिजन लाइफ इन्स्योरेन्स कंम्पनीको संञ्चालक सदस्यमा निर्वाचित

बिआरटीनेपाल २०७५ वैशाख ७ गते १९:३५ मा प्रकाशित

सफल युवा व्यवसायी अनोज रिमाल सिटिजन लाइफ इन्स्योरेन्स कंम्पनीको संञ्चालक सदस्यमा चार वर्षका लागी निर्वाचित हुनु भएको छ । कंम्पनिको हालै सम्पन्न साधारण सभाले संस्थापक शैयरधनिका तर्फ बाट प्रदीप जङ्ग पाण्डे  सुमित कुमार अग्रवाल महेश स्वाँर र मनोज कार्की लाई समेत संञ्चालक सदस्यमा निर्वाचित गरेको छ।

साधारण सभा लगतै बसेकोनिर्वाचित संञ्चालक समितिको बैठकले प्रदीप जङ्ग पाण्डेलाई सर्वसम्मतिले ञ्चालक समितिको अध्यक्ष चयन गरेको छ।सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुने ७५ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको शुक्रवार सम्पन्न पहिलो वार्षिक साधारणसभाले नियमनकारी निकायको स्वीकृति लिई साधारण सेयर निश्कास गर्ने निर्णय गरेको हो ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष प्रदिपजंग पाण्डेको अध्यक्षतामा सम्पन्न साधारणसभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । त्यसै गरी साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आव २०६३/६४ देखि आव २०७३/७४ सम्मको वित्तीय विवरण पनि पारित गरेको कम्पनीले जनाएको छ ।

यसका साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनीको संक्षिप्त व्यावसायिक समीक्षा एवम् कम्पनीको जीवन सारथी प्रचलनमा ल्याइएको जानकारी गराए । यस योजना “बाचुञ्जेलको साथी, एउटै बिमा काफी” नाराका साथ ल्याइएको तथा नेपालमै पहिलोपटक आफ्नै जीवनमा दुई गुणा बीमांक तथा बोनस समेत भुक्तानी हुने जीवन बिमा रहेको उनको दाबी छ ।

यस आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले सञ्जाल ४० स्थानमा पुर्याइ सर्व साधारणको पहुँचमा जीवन बिमा सेवा पुर्‍याउने लक्ष्य लिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू