अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५ | Colorodo: 05:40

पार्टी एकताबारे दुई अध्यक्षबीच गम्भीर वार्ता

बिआरटीनेपाल २०७५ वैशाख ७ गते ९:५१ मा प्रकाशित

काठमाडौँ, पार्टी एकताकाबारे मिल्न बाँकी विषयमा नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि गम्भीर छलफल भएको छ ।

पार्टी एकता संयोजन समितिले वैचारिक र सांगठनिक कार्यदलका प्रतिवेदनलाई अन्तिम टुंगोमा पुर्याउन दुई अध्यक्षलाई जिम्मेवारी दिएको थियो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले उहाँहरुबीच गम्भीर र सकारात्मकरुपमा छलफल जारी रहेकाले दुवै पार्टीका नेता र कार्यकर्ताको अपेक्षाबमोजिम चाँडै निकास आउने संकेत देखिएको बताए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू