अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

५ जिल्लामा जातीय छुवाछूतविरुद्ध अभियान

बिआरटीनेपाल २०७५ वैशाख ७ गते ९:२८ मा प्रकाशित

काठमाडौँ, जातीय भेदभाव हटाउनका लागि पाँच जिल्लामा जातीय भेदभावविरुद्ध साझा अभियान सञ्चालन गरिएको छ । नेपाल राष्ट्रिय दलित सामजिक कल्याण संगठनले जातीय छुवाछूत हटाउन जाजरकोट, कालीकोट, सुर्खेत, सिरहा र महोत्तरीमा अभियान सञ्चालन गरेको अभियानका कार्यकारी निर्देशक मोहनसिंह सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार बढी दलित भएको जिल्ला छनोट गरी अभियान सञ्चालन गरिएको हो । ती पाँच जिल्लामा करीब २९ प्रतिशत दलित छन् ।

अभियान तीन वर्षसम्म चल्नेछ । युरोपेली सङ्घको सहयोगमा ती जिल्लामा सङ्गठनका सामाजिक परिचालकले जातीय छुवाछूतबारे अभियान सञ्चालन गर्नेछन् । अभियानका क्रममा जातीय भेदभावविरुद्ध विद्यमान कानूनबारे प्रभावकारी रुपमा पैरवी गर्ने, जातीय भेदभाव विरुद्धको कुरा मानवाधिकार हो भन्ने कुरा अभियानका क्रममा बुझाइने उहाँले बताउनुभयो । संगठनका अध्यक्ष त्रिलोकचन्द विश्वासले गैरदलितसँग मिलेर जातीय छुवाछूत हटाउन अभियान सञ्चालन गरिने बताउनुभयो ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू