अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४४ | Colorodo: 07:59

मिश्रित लगानी सम्मेलन सम्पन्न

बिआरटीनेपाल २०७५ वैशाख ७ गते ९:५५ मा प्रकाशित

काठमाडौँ– मुलुकलाई समृद्ध बनाउने पुँजी परिचालन गर्न आवश्यक बैंकयोग्य परियोजनाको सूचि तयार पार्ने लगायतका प्रतिबद्धता व्यक्त गर्दै मिश्रित लगानी सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।  शुक्रवार काठमाडौँमा आयोजना गरिएको सो सम्मेलन लगानी प्रवर्द्धनका लागि आवश्यक तयारी गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको हो ।

सम्मेलनबारे जानकारी दिन शुक्रवार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा बोल्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले दिगो विकास लक्ष्य हासिल गर्न पनि सम्मेलनले आवश्यक सुझाव दिएको स्पष्ट पारे । उनले सम्मेलनले नेपालको पूर्वाधार विकासमा आवश्यक लगानी भित्रयाउन सघाउ पुर्‍याउने विश्वास पनि व्यक्त गरे ।सम्मेलनमा  राज्य र निजी क्षेत्रको लगानी बढाउने विषयमा राष्ट्रिय सरोकारवाला र विभिन्न दात्रृ निकायका प्रतिनिधिहरूले छलफल गरेका थिए । नेपाल जस्तो अतिकम विकसित मुलुकमा शहश्राब्दी विकास लक्ष्य हासिल गर्न मिश्रित लगानीको नयाँ अवधारणाले सघाउ पुर्‍याउने सक्छ भन्ने उद्देश्यकासाथ सम्मेलन आयोजना गरिएको थियो ।

संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोषको छनौटमा परेका नेपाललगायत बङ्गलादेश, सेनेगल, तान्जेनिया र युगान्डामा मिश्रित लगानीको सम्भाव्यता सम्बन्धी बृहत्त अध्ययन हुँदैछ । निजी क्षेत्र र राज्यलाई एकै साथ  लगानी बढाउने, सहस्राब्दी विकास लक्ष्य हासिल गर्न अपुग हुने पुँजी जुटाउन तथा मध्यमवर्गीय समूहलाई सम्बोधन गर्न मिश्रित लगानीसम्बन्धी अवधारणा उपयोगी बताइयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू