अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई रथारोहण

बिआरटीनेपाल २०७५ वैशाख ७ गते ९:१९ मा प्रकाशित

काठमाडौं, वैशाख ७ । संगीतकार संघ नेपालले मेची–महाकाली सांगीतिक अभियान सुरु गरेको छ ।

राष्ट्रिय एकता र सद्भावका लागि थालिएको मेची–महाकाली अभियान ७७ ओटै जिल्लामा पुर्‍याइने संघले जनाएको छ ।

यसैबीच, शुक्रबार वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई संगीतकार संघले सम्मान गरेको छ ।

प्रधानलाई उनको निवास बागबजारबाट रथारोहण गरी आर्मी अफिर्सस क्लब पुर्‍याइएको थियो ।

अभियानको उद्देश्य विभिन्न जातजाति तथा भाषा–भाषीको कला संरक्षण गर्ने रहेको आयोजनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू