अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१५ | Colorodo: 16:30

वोस्टनमा पं पोखरेलको एकदिने आध्यात्मिक प्रवचन सम्पन्न

कृष्ण खनाल, बोस्टन २०७५ वैशाख ७ गते ७:३२ मा प्रकाशित

वाचन प्रवीण पं दीनबन्धु पोखरेलले बिहीबार साँझ यहाँ एकदिने प्रवचन दिनुभएको छ ।  बुधवार मात्र वोस्टन आउनुभएका पं पोखरेलले एक दिने आध्यात्मिक प्रवचन दिनुभएको हो । सो अवसरमा वोस्टन वरपरबाट थुप्रै श्रद्दालु भक्तजन तथा श्रोताहरू उपस्थित भएका थिए । उहाँले श्रोताहरूलाई जुरुक जुरुक पारेर नचाउनुभएको थियो । 

पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इंगल्याण्डको आयोजनामा सम्पन्न सो कार्यक्रममा पं पोखरेललाई वोस्टनवासी नेपालीका तर्फबाट एउटा अभिन्नन्दन पत्र पनि प्रदान गरिएको थियो । वोस्टन सप्ताहका संयोजक सुशीलचन्द्र पौडेलद्धारा वाचन गरिएको उक्त अभिनन्दन पत्रमा गत वर्ष आयोजना सम्पन्न भएको वोस्टन सप्ताहमा प्रमुख वाचकका रूपमा उपस्थित भएर पं पोखरेलले आफ्नो चमत्कारिक क्षमताद्धारा भक्तजन तथा श्रोताहरूलाई मन्त्रमुग्ध पारी सामुदायिक केन्द्र निर्माणमा फाउन्डेसनले गरेको अभियानलाई मूर्तता दिन सक्दो प्रयास गर्नुभएको व्यहोरा उल्लेख छ । उहाँले पुर्याउनुभएको योगदान अद्धितीय, अतुलनीय र अनुपम भएको पनि अभिनन्दन पत्रमा चर्चा गरिएको छ । 

उहाँले गत वर्ष फाउन्डेसनको लक्ष्य अनुरूप सामुदायिक केन्द्र निर्माणका लागि करिब १५ लाख डलर उठाउन अहम् भूमिका निर्वाह गर्नुभएको थियो । हाल फाउन्डेसनले सामुदायिक केन्द्र निर्माणका लागि जग्गा वा प्रपर्टी खोज्ने काम गरिरहेको छ । त्यस अवसरमा खानपान तथा अन्य सहयोगी कार्यमा योगदान पुर्‍याउने व्यवसायी तथा अरू महानुभावलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया