अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३१ | Colorodo: 08:46

दुर्लभ बन्यजन्तुको सरक्षणका लागी समुदाय चनाखो रहनु पर्छ: सांसद आचार्य

बिआरटीनेपाल २०७५ वैशाख ७ गते ६:११ मा प्रकाशित

प्रतिनिधि सभाका सांसद मोहन आचार्यले विश्वका करिब ७० प्रतिशत प्रजाति लोप भइसकेको बताउँदै वन्यजन्तुको चोरीसिकार एवं अबैद व्यापार नियन्त्रण गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ । रसुवाको धुन्चेमा आयोजित  २३औ वन्यजन्तु सप्ताहको समापन समारोह लाई सम्बोधन गर्दै सांसद आचार्यले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाइने रेडपाण्डा विश्वमा नै दुर्लभ अवस्थामा रहेकाले रेडपाण्डाको चोरी  सिकारी नियन्त्रणमा समुदायायको भूमिका महत्त्वपूर्ण रहने बताउनु भयो ।

दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्नका लाङटाङ राष्ट्रिय निकुञ्जले गाउँस्तरमा समिति गठन गरी संरक्षणको काम गरिरहेको  छ । लाङटाङ राष्ट्रिय निकुञ्जकोे पोलाङपाटी र घ्याङफेदीको लेकमा विश्वमै दुर्लभ रहेको रेडपाण्डाको बासस्थान रहेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जमा ८० भन्दा बढी रेडपाण्डा रहेको निकुञ्जले जनाएको छ । केही वर्षअघि गरिएको गणनामा ८० भन्दा बढी रेडपाण्डा रहेको तथ्याङ्क आएको थियो । निकुञ्जको चोलाङपाटी, घ्याङ्फेदी र टिम्बु क्षेत्रमा रेडपाण्डा रहेको बताइएको छ । वैज्ञानिक तरिकाले गणना गरेर रेडपाण्डाको यकिन तथ्याङ्क राख्नुपर्ने देखिएको सरोकारवालाहहरुले बताएका छन् । वैशाख १ देखि सुरु भएको २३ औँ वन्यजन्तु सप्ताहको अवसरमा आठौँ जिल्लास्तरीय रेडपाण्डा ट्रफ्रि भलिबल प्रतियोगिता तथा छैटौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सव पनि संन्चालन गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू