अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५२ | Colorodo: 15:07

तस्करबाटै प्रहरीलाई सुराक !

बिआरटीनेपाल २०७५ वैशाख ६ गते १९:४५ मा प्रकाशित

आफूले तस्करी गरेर ल्याएका सामान सरकारको आँखा छलेर सम्बन्धित स्थानमा पुर्याउन तस्करहरुले ठूलै चलखेल गर्छन् । तर यसविपरीत एक तस्करले आफैं प्रहरीलाई आफ्नो सामानबारे सुराक गरेका छन् ।

सशस्त्र प्रहरीले बुधबार साँझ तस्करीमा संलग्नले नै सामान चेकजाँच गर्न भन्दै भन्सार कार्यालयमा फोन गरेपछि सामान नियन्त्रणमा लिएको अन्नपूर्णमा समाचार छ ।

समाचार अनुसार सशस्त्र प्रहरीले तस्करले दिएको सूचनाका आधारमा ज १ ख ८८९ नम्बरको मिनी ट्रक नियन्त्रणमा लिई जनकपुर भन्सार कार्यालयलाई बुझाएको छ । समातिएको ट्रकमा तस्करी गरेर ल्याइएका झन्डै ५ लाख बराबरका सामान भएको बताइएको छ ।

प्रहरी र भन्सार कर्मचारीसँग लाइन नमिलेपछि उनले अर्का तस्करको सामान बरामद होस् भनेर सूचना दिएको जनाइएको छ ।

जनकपुर उद्योग वाणिज्य संघका पदाधिकारीसहित प्रदेशसभा सदस्य परमेश्वर साहलगायत बिहीबार भन्सार कार्यालय पुगी सामान छाड्न दबाव दिएका थिए । उनीहरुले बरामद सामान रहमान शेख नाम गरेको व्यापारीको भएको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू