अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२५ | Colorodo: 23:40

रसुवामा भुकम्पबाट क्षती भएको बिद्यालय पूननिर्माण गरि हस्तान्तरण

बिआरटीनेपाल २०७५ वैशाख ६ गते १०:३३ मा प्रकाशित

 

 

रसुवा।भुकम्पबाट क्षती भएको रसुवाको उत्तरगया गाँउपालिका स्थित ढुद्घ्गे आधारभूत बिद्यालय निर्माण गरि हस्तान्तरण गरिएको छ । एक्सनएड नेपालको  आर्थिक सहयोग तथा नेपाल कृषिबन प्रतिष्ठानको प्रबिधिक सहयोगमा  भूकम्प प्रतिरोधी भवन निर्माण गरि एक कार्यक्रमका बिच बिद्यालयलाई हस्तान्तरण गरेको हो  । एक करोड अठतीस लाख रुपैयाको लागतमा छ कोठा भएको २ तल्ले भवन कोठासहित शौचालय तथा धारा पनि निर्माण गरिएको छ । हाल करिब साठी जना बिद्यार्थी रहेको बिद्यालयमा भुकम्पले क्षती पुर्याउनु अघि १ सय जना रहेको बिद्यालयले जनाएको छ । भवन नहुँदा स्थान अभावमा बिद्यार्थी संख्या घटेको र भूकम्प प्रतिरोधी भवन संगै गुणस्तरीय शिक्षामा जोड दिन सके बिद्यार्थी संख्यामा बृद्धी हुने प्रतिनिधि सभाका  सांसद इन्जिनियर मोहन आचार्यले बताउनुभयो ।

भवनको रसुवाका प्रतिनिधि सभाका सांसद  मोहन आचार्यले उद्घाटन गर्नु भएको थियो । जिल्लामा भुकम्पले धेरै बिद्यालयमा क्षती पुर्याएको यसले बिद्यार्थीहरुको शैक्षिक गतिविधीमा असर पुगेको बताउँदै सांसद आचार्यले सुरक्षित भवन निर्माणका लागि सरकार दातृ निकायको ध्यान ध्यानाकर्षण गराउनुभयो।

२०७२ साल बैशाखमा गएको विनाशकारी भूकम्पले विद्यालयको भवन भत्किएपछि अस्थायी टहरामा पठनपाठन संचालन भइरहेको थियो । रसुवामा  उनाननब्बे बिद्यालय मध्ये एकाईस वटा बिद्यालय निमार्ण सम्पन्न भई सकेका छन भने अठचालिस वटा निमार्णधिन अबस्थामा छन अन्य बिद्यालय भने निमार्णको चरणमा रहेको जिल्ला शिक्षा कार्यालय रसुवाले जनाएको छ ।।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू