अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५१ | Colorodo: 00:06

मिटरमा नहिड्ने ट्याक्सी धमाधम कारबाहीमा

बिआरटीनेपाल २०७५ वैशाख ६ गते १०:०६ मा प्रकाशित

काठमाडौं, ६ बैशाख । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी विरुध्दको  कारबाही तीव्र बनाएको छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो आएपछि कारबाहीलाई तीव्रता दिएको हो ।

महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको जानकारी दिए । पहिले दैनिक १५÷२० ट्याक्सी कारबाहीमा गर्ने गरेपनि अहिले कारबाहीमा पर्नेहरुको संख्या बढेको उनले बताए ।

त्यस्तै उनले ट्याक्सी मिटरमा हिँड्न नमाने हटलाइन १०३ मा खबर गर्नसमेत आग्रह गरे । मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई महाशाखाले तीन हजार रुपैयाँ देखि पाँच हजार रुपैयाँ सम्म जरिवाना गर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू