अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४२ | Colorodo: 22:57

२ महिना भित्र काठमाडौंका सबै फुटपाथ पसल हटाउने तयारीमा महानगरपालिका

बिआरटीनेपाल २०७५ वैशाख ६ गते १०:०३ मा प्रकाशित

काठमाडौं, ६ बैशाख । पैदलयात्रु हिड्नका लागि निर्माण गरिएको काठमाण्डौको सडक पेटिमा साँझ र बिहानको समयमा गरिने फुटपाथ व्यापारका कारण सधै जसो भिडभाड र अस्तव्यस्त हुने गरेको छ । कानुनत यसरी सडक पेटीमा व्यापार गर्न नपाइने भएपनि प्रशासनको आँखा छलेर व्यापारीहरुले मनलाग्दी कतै ठेला, साइकल त कतै भुइमै पसल थापेर सामान बेचिरहेका हुन्छन् ।

यसरी व्यापार गर्नेहरुलाई हटाउन प्रशासनले विगतमा पटक पटक प्रयास गरेपनि त्यो सफल हुन सकेको छैन । व्यापारीहरु सडकमा पसल थापेर बस्नु आफुहरुको रहर नभई बाध्यता भएको भन्दै सरकारसँग उपयूक्त स्थानको व्यवस्था मिलाईदिन आग्रह गरिरहका छन् । फुटपाथ व्यापार नै जिवीकोपार्जनको आधार भएको भन्दै सरकारले वैकल्पीक स्थानको व्यवस्था नगरुन्जेल सम्म फुटपाथ नछाड्ने बताउछन् ।

राज्यले व्यवसाय अनुकुल वातावरण मिलाइ व्यापार गर्न दिए राज्यलाई कर तिर्न समेत तयार रहेको व्यापारीहरु बताउछन् । विहान ५ देखी ९ र साँझ ५ देखी ९ फुटपाथमा बाटो छेक्ने गरी पसल थाप्दा पैदल यात्रुले समस्यामा परेका छन् । पैदल यात्रुका लागि निमार्ण गरिएको फुटपाथमा व्यपारीहरुले व्यवसाय गरेपछि पैदल यात्रु भने सडबाट हिड्न बाध्य छन् । जसको कारण बेलाबेलामा दुर्घटना समेत हुने गरेको पाइन्छ ।काठमाण्डौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्ले फुटपाथ व्यवसाय हटाउने घोषणा पटकपटक गरेपनि उक्त प्रयास सफल हुन सकेको छैन ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले फुटपाथ व्यवसायलाई पुर्ण रुपमा हटाउन आवश्यक सुरक्षाकर्मीको कमी भएको बताए । बेलुकी ६ बजेपछि सुरक्षाकर्मीहरुको डिउटी सकिने भएकाले सबै समय उनीहरुले रेखदेख गर्न नसक्ने अवस्था रहेको बताए । साथै अबको २ महिना भित्र प्रहरीले २४ घण्टा सुरक्षा दिने व्यवस्था मिलाउने तयारीमा महनगरपालिका रहेको भन्दै प्रवक्ता कार्कीले त्यसपछि सडक पेटीमा एउटा पनि फुटपाथ व्यापारी नभेटिने दावी गरे । त्यसपछि महानगरपालीकाको फुटपाथ क्षेत्रमा पैदल यात्रुले निर्वाध हिड्न पाउने वातावरण र्सिजना हुने बताए ।

तर उनले व्यापारीले माग गरेजस्तो वैकल्पीक व्यवस्था भने नगर्ने भन्दै आ–आफ्नो स्थायी क्षेत्रमा गएर व्यवसाय गर्न आग्रह पनि गरे । प्रत्येक जिल्लाबाट काठमाण्डौमा आएर फुटपाथ व्यापार गरिरहेकाहरुलाई सरकारले सम्बन्धित जिल्लामै छुट्टै स्थान दिन नसक्ने उनको भनाइ छ

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू