अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३९ | Colorodo: 15:54

जिन्दगी र यथार्थ

कञ्चन सिवाकोटी, सिमरा बारा २०७५ वैशाख ६ गते ९:४४ मा प्रकाशित

जिन्दगीको परिभाषामा अटाउदैंन मन
न मनको परिभाषामा अटाउँछ जिन्दगी
खै कसले पो परिभाषीत गर्न सक्यो र जिन्दगीलाई
हो, हामी अहिले बाचिरहेकाछौं परिभाषाहीन जिन्दगी
जिन्दगीमा वसन्तको बहार र सपनाको संसार
उस्तै उस्तै लाग्छन् मलाइ

वसन्त एक पटक आउँछ
तर शिशिर र ग्रिष्म छन् उसका अघिपछि
प्रत्येक रात देख्न सकिन्छ सपनाको संसार
प्रत्येक पल भोग्न सकिन्छ कल्पनाको भोगाई
यी दुवै यथार्थ र कल्पनाका दोसांधमा छन् 

सपना तिमीसँग पनि छ
सपना मसगं पनि छ
सपना हामी सबैसंंग छ
के सपनालाई बैठक कोठामा सजाउन सकिन्छ ?
मलाई उस्तैउस्तै लाग्छन् जिन्दगी र सपना

सपनाको सिढीं चढेर
हेर्नु छैन मलाई जिन्दगीको उज्यालो
पृय छ मलाई आफ्नै बिपना
कल्पनाका रङ्गहरूमा पनि
रङ्गिगनु छैन मलाई
मलाई आफ्नै यथार्थ प्यारो छ
मलाई आफ्नै जिन्दगी प्यारो छ
मलाई आफ्नै बिपना प्यारो छ ।

प्रतिक्रिया