अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०९ | Colorodo: 02:24

शिवलामिछानेको जर्मन भाषामा प्रकाशित कृतिको विमोचन

बिआरटीनेपाल २०७५ वैशाख ६ गते ९:०२ मा प्रकाशित

वासिङ्टन डिसी, साहित्यकार शिव लामिछानेको मूल अङ्ग्रेजीमा लेखिएर अमेरिकाबाट प्रकाशित कथा सङग्रह ट्यून्स अफ एक्जिस्टेन्सको जर्मन भाषामा अनुवाद भई प्रकाशित मेलोडिन डर एक्जिस्टेन्ज को अमेरिका नेपाल साहित्य प्रतिष्ठानद्वारा आयोजित एक समारोहमा प्रमुख अतिथि साहित्यकार हरि अधिकारीले विमोचन गर्नु भयो । विमोचन पश्चात प्रमुख अतिथि अधिकारीले यसरी नेपाली लेखकको कृति अन्तर्राष्ट्रिय जगतमा पुग्नु सुखद भएको बताउँदै लेखनमा परिष्कारको अपेक्षा रहेको बताउनु भयो ।  साहित्यकार कृष्ण धरावासीले यो पुरस्कारको प्रकाशनको सन्दर्भ जोड्दै नेपाली साहित्यको अन्तरराष्ट्रियकरणको चरचा गर्नु भयो ।

समारोहलाई अमेरिकी शिक्षिका एलिजावेथ जाकोवले कथाकार लामिछानेको आफूले पढ्न भ्याएको कथामा पाएको विशेषता चर्चा गर्नु भयो । कार्यक्रममा साधना घिमिरेले उक्त पुस्तकको सङ्क्षेपमा तर अत्यन्त गहिराइमा पुगेर चरचा गर्नु भयो । कथावस्तु, पात्रको लैङ्गिकता र लैङ्गिक समानताका पक्ष, शैली र पात्र विधान बारे उहाँले गर्नु भएको चर्चा विल्कुल नयाँ भएको दर्शक श्रोताले महसुस गरेका थिए ।

कार्यक्रममा विमोचित पुस्तकका श्रष्टा शिव लामिछानेले आफ्नो लेखन यात्राको विषयमा चर्चा गर्दै सो सङ्ग्रहमा भएका केही कथाको प्रेरणा श्रोतको बारेमा समेत बताउनु भयो । कार्यक्रमका सभापति तथा अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष गोविन्द गिरी प्रेरणाले कार्यक्रममा स्वागत मन्तव्य दिँदै नेपाली साहित्यको विश्व यात्रा चर्चाको यो यौटा श्रृङखला भएको बताउँदै नेपाली साहित्य यसरी विश्व बजारमा विभिन्न भाषामा जानु नेपाली साहित्यको गौरव भएको बताउनु भयो। स्मरणीय छ, लामिछानेका कृतिहरू नेपाली भाषा बाहेक अङ्ग्रेजी, स्पेनिश तथा जर्मन भाषामा अनुवाद भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू