अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०३ | Colorodo: 16:18

सुनकेशरी चलचित्रले Dare To Scare नामक कन्टेस्ट सार्वजनिक

बिआरटीनेपाल २०७५ वैशाख ६ गते ८:३९ मा प्रकाशित

पछिल्लो समय फिल्मकर्मी दर्शकको टेस्टलाई बुझ्ने प्रयास गरिरहेका छन् । हुन् त नेपालमा छिमेकी राष्ट्र भारतमा बन्ने शैलीको फिल्मलाई रुचाउने प्रचलन बढ्दो छ तर पनि केही निर्माता तथा निर्देशक आफ्नो फिल्ममा भिन्न विचार व्यक्त गर्ने गर्छन् । यसै क्रममा निर्माण भएको फिल्म “सुनकेसरी” जेठ ११ मा रिलिज हुँदैछ । अस्ट्रेलियाको सिड्नीमा छायाङ्कन गरिएको फिल्म हरर हो । हरर यस फिल्मको सार्वजनिक टिजर तथा ट्रेलरले राम्रो चर्चा पाइरहेको छ ।

नेपालमा हरर जनरमा निकै कम फिल्म बन्ने गर्छ । किनकि यस किसिमको फिल्म हेर्ने दर्शकको सङ्ख्या निकै कम छ । बनेका फिल्मले पनि अडियन्स फिडब्याक गतिलो पाउँदैनन् किनकि प्राविधिक रूपमा कमजोर देखिएको हुन्छ । तर फिल्म “सुनकेसरी” प्राविधिक रूपमा पनि अब्बल रहेको यसको निर्माण टिमको भनाइछ । अर्पण थापाको निर्देशनमा तयार भएको फिल्ममा ऋचा शर्मा रविन्द्र झा र सन्नी ढकालको अभिनय रहेको छ । फिल्म युनिटले प्रदर्शन मिति नजिकिँदै गर्दा एउटा कन्टेस्ट सार्वजनिक गरेको छ ।

Dare To Scare नाम दिइएको कन्टेस्ट विजेताले १० हजार नगद र फिल्मको टिकट पाउनेछन् । यसमा सहभागी हुनेले तर्साउने वा तर्साएको (Prank) भिडियो युट्युबमा अपलोड गरेर यसको लिङ्क सुनकेसरी फिल्मको अफिसियल फेसबुक पेजमा इनबक्स गर्नु पर्ने हुन्छ । साथै युट्युबमा टाइटल राख्दा सुनकेसरी र जेठ ११ पनि जोड्नु पर्नेछ ।

यसरी जोडिएको भिडियोको युट्युब लिङ्क सुनकेसरीको अफिसियल फेसबुक पेज मार्फत शेयर गरिनेछ । सबै भन्दा तर्साउने वा रोचक भिडियोलाई सुनकेसरी टिमले विजेता घोषणा गर्ने जनाएका छन् । यसमा सहभागी हुने अन्तिम समय जेठ १० गते सम्म रहेको समेत टिमले बताएको छ । फिल्मलाई भीम न्यौपाने, ऋचा शर्मा र शर्मिला सापकोटाले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

ऋचा शर्मा: हामीलाई कथावस्तु मन परेकोले यो सब्जेक्टमा फिल्म निर्माण गरेका छौ । यो फिल्म मेरो लागि पनि भिन्न थियो, किनकि यस किसिमको रोल गरेकी थिइन् । फिल्मको सार्वजनिक टिजर ट्रेलर हेर्दा जति राम्रो देखिन्छ त्यति नै मेहनत हामीले गरेका छौ । पछिल्लो समय नेपाली दर्शक एडभान्स भईसक्नु भएको छ , यस जनरमा बन्ने फिल्ममा प्राविधिक त्रुटि पनि उत्तिकै औल्याईन्छ । यसैले हामीले फिल्मलाई प्राविधिक हिसाबले पनि सबल बनाउने कोसिस गरेका छौ । साथै हामीले घोषणा गरेको कन्टेस्टमा माथि उल्लिखित सर्तमा रहेर सहभागी हुन् सक्नुहुनेछ । 

प्रतिक्रिया