अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०७ | Colorodo: 07:22

दुई मुक्तक

उर्मिला “निर्दोषी” २०७५ वैशाख ६ गते ८:१७ मा प्रकाशित

“मन”

स्वतन्त्र वनको चरीझैँ,
यो “मन” आफै आफै उढ्दो रैछ ।
तिमी छैनौ, थाह छ, र पनि
यो “मन” हरदम तिमीलाई नै खोज्दो रैछ।

“सच्चाई”
“जीवन” यहाँ केवल “मर्जीको” सागर रहेछ।
डुब्नु, तैरीनु अनि “पार” गर्नु
मर्जी भित्रको अनेकौँ कला रहेछ।
मर्जीको कलाको सच्चा पहिचान र परिचालननै
यथार्तमा “जीवन-सच्चाई” रहेछ !

 

 

*उर्मिला “निर्दोषी” अनेसास, मिजौरी च्याप्टरको अध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया