अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३६ | Colorodo: 10:51

रुसमा हुने ग्लोबल फुटबलमा दुई नेपाली

बिआरटीनेपाल २०७५ वैशाख ५ गते १२:१० मा प्रकाशित

रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालका दुईजना युवाले प्रतिनिधित्व गर्ने भएका छन् । बाह्र वर्षीय गिरिश मास्के र अनमेश रायमाझीले रुसमा हुने ग्लोबल फुटबल फर फ्रेन्डशिप कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने भएका हुन् ।

फुटबल फर फ्रेन्डशिप, ग्याजप्रोम र फिफाको सहयोगमा युवा फुटबलको विकाशका साथै स्वस्थ जीवनयापनका लागि प्रेरित गर्ने लक्ष्यका साथ सञ्चालित कार्यक्रम हो । उक्त कार्यक्रमका अवसरमा विश्वभरका बालबालिकाबिच एक अर्काको संस्कृति आदानप्रदान हुनेछ । दुई सय १० देशका युवाको सहभागिता रहने सो कार्यक्रममा नेपालले पहिलो पटक भाग लिन लागेको बताइएको छ ।

यही जुनमा रुसको मस्कोमा हुने कार्यक्रममा गिरिश युवा फुटबलरका रूपमा भाग लिनेछन् । त्यहाँ ३२ टोलीबिच ग्याजप्रोम फुटबल फर फ्रेन्डसिप इन्टरनेशनल च्याम्पियनसिपअन्तर्गत मैत्रपूर्ण खेल हुने छ । अनमेश युवा पत्रकारको रूपमा सहभागी हुनेछन् । दुवैजनाले रुसमै हुने ‘फुटबल फर फ्रेन्डशिप अन्तर्राष्ट्रिय बालबालिका फोरम’को छैटौँ संस्करणमा समेत भाग लिनेछन् । उनीहरूले विश्वकपको फुटबलको उद्घाटन कार्यक्रम तथा खेल हेर्न पाउने बताइएको छ ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू