अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५५ | Colorodo: 15:10

नेपालकै कारण भारु साटिएन, प्रधानमन्त्रीको भारत भ्रमणमा औपचारिक रुपमा कुरा नै उठाइएन

कान्तिपुर २०७५ वैशाख ५ गते १०:०८ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला प्रतिबन्धित भारु पाँच सय र एक हजारका नोट सटहीको विषयलाई नेपाली पक्षले नै औपचारिक रूपमा उठाउन नसक्दा सर्वसाधारण र बैंकहरुमा रहेको रकम यत्तिकै थन्किएको छ ।
प्रम ओलोको भारत भ्रमणका बेला करिब डेढ वर्षदेखि थाती रहेको भारु सटहीको विषयले निकास पाउने अपेक्षा गरिएको थियो । यसअघि भारत भ्रमणमा जानुअघि संसद्मा सम्बोधन गर्ने क्रममा प्रम ओलीले भारु सटहीको विषय उठाउने दाबी पनि गरेका थिए । प्रमको भ्रमणमा समेत भारु सटहीको विषयले निकास नपाउँदा सरकारी प्रणालीमा रहेको करिब ५ करोड भारु प्रयोजनविहीन बनेको छ ।

भारतका अर्थमन्त्री अरुण जेटली बिरामी भएका कारण यो विषयमाथि छलफल नभएको सरकारी अधिकारीहरूले दाबी गरेका छन् ।  

सम्बन्धित सामग्रीहरू