अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१३ | Colorodo: 09:28

संघीय संसदमा १६ समिति रहने

कान्तिपुर २०७५ वैशाख ५ गते १०:०३ मा प्रकाशित

काठमाडौँ । सङ्घीय संसद्मा १६ वटा संसदीय समिति रहने लगभग टुङ्गो लागेको छ । प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ४ तथा दुवै सभाका संयुक्त दुईवटा समिति रहनेछन् । प्रतिनिधिसभा र राष्ट्रियसभाले गठन गरेका छुट्टाछुट्टै नियमावली मस्यौदा समितिले नियमावलीलाई अन्तिम रूप दिइरहँदा समितिहरूको सङ्ख्या टुङ्गो लागेको हो ।

वैशाख अन्तिम साता बस्ने सम्भावना रहेको सङ्घीय संसद्को बजेट अधिवेशनको पहिलो बैठकमै दुवै सभाका नियमावली मस्यौदा पेस गर्न समितिले काम अघि बढाएका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले समितिहरूले काम अन्तिम चरणमा पुर्‍याइसकेको बताए ।  

सम्बन्धित सामग्रीहरू