अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२७ | Colorodo: 05:42

काष्ठमन्डप पुनःनिर्माणको काम तत्काल थाल्न माग

बिआरटीनेपाल २०७५ वैशाख ५ गते ९:५९ मा प्रकाशित

काठमाडौँ, विश्व सम्पदा क्षेत्रमा सूचीकृत काष्ठमन्डप निर्माण गर्न काष्ठमन्डप पुनःनिर्माण अभियानले माग गरेको छ । मौलिक सम्पदाको जीर्णोद्धार गर्न सरकार उदासीन रहेको भन्दै पुनःनिर्माण अभियानले तत्काल काम थाल्न माग गरेको हो । काष्ठमन्डप पुनःनिर्माणका लागि वि.सं. २०७२ जेठमा नै सरकारको ध्यानाकर्षण गराएपनि कुनै वास्ता नगरेको अभियानका अध्यक्ष वैकुण्ठ मानन्धरले बताए ।

इसापूर्व पहिलो शताब्दीको काष्ठमन्डप क्षेत्र समुदायको स्वामित्वमा पुनःनिर्माण हुनुपर्ने अभियानकर्मीहरुको माग छ । जनस्तरबाटै पुनःनिर्माण गरेर विश्वसामु नेपाली पुरातात्विक सम्पदा जोगाउन हामी आफैँ सक्षम छौँ भन्ने सन्देश दिन पनि स्थानीय समुदायलाई सहभागी गराउनुपर्ने अभियानकर्मीहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू