अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५९ | Colorodo: 09:14

नेपाल र चीनले साझा समृद्धि र सम्पर्क विस्तारका लागि यातायात सञ्जालको विकासमा जोड

बिआरटीनेपाल २०७५ वैशाख ५ गते ९:३२ मा प्रकाशित

 

काठमाडौँ। नेपाल र चीनले साझा समृद्धि र सम्पर्क विस्तारका निम्ति सीमापार बहुआयामिक यातायात सम्पर्क सञ्जाल विकास हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल र चीनबीच  बेइजिंगमा भएको परराष्ट्रमन्त्रिस्तरीय वार्तामा दुवै देशले साझा समृद्धि र सम्पर्क विस्तारका निम्ति सीमापार बहुआयामिक यातायात सम्पर्क सञ्जाल विकासमा समान धारणा व्यक्त गरेका हुन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका चिनियाँ समकक्षी वाङ यी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तामा दुवै देशका मन्त्री आपसी सम्बन्ध अतिआत्मिय रहेकामा प्रशन्नता प्रकट गर्दै त्यसलाई नयाँ उचाइमा पुर्याउन सहमत हुनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालका बेला तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा भएका सम्झौतासहित विगतमा नेपाल र चीनबीच भएका सबै सम्झौता तथा समझदारीलाई तीव्र गतिमा कार्यान्वयन गर्न दुवै पक्ष सहमत भएका बेइजिंगस्थित नेपाली राजदूतावासले जनाएको छ ।

त्यसैगरी चीन सरकारको सहयोगमा सञ्चालित परियोजनाको प्रभावकारी कार्यान्वयन एवं सहजीकरणका लागि समन्वय तथा कार्यान्वयन संयन्त्र गठन गर्ने सहमति भएको छ ।

भौतिक पूर्वाधार निर्माण, यातायात सञ्जाल, व्यापार, पर्यटन तथा जनता–जनताबीचको सम्बन्ध विस्तारलाई मूर्तरुप दिन चीनले अघि सारेको एक क्षेत्र एक मार्ग प्रयास (बिआरआइ)बाट सम्भव हुनेमा दुवै देशका परराष्ट्रमन्त्रीले समान धारणा व्यक्त गर्नुभएको थियो । बिआरआइअन्तर्गतका सहायता परियोजना चयन गर्न पनि दुवै देश सहमत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू