अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०४ | Colorodo: 14:19

लिलीबिलीको तीन दिनमा तीन करोड कलेक्सन

बिआरटीनेपाल २०७५ वैशाख ४ गते २२:३९ मा प्रकाशित

काठमाडौँ, नेपाली चलचित्र लिलीबिलीलाई दर्शकले रुचाएका छन् । प्रदर्शनमा आएको दोस्रो दिन देशभरका सिनेमा हलमा हाउसफुल व्यापार गरेको चलचित्रले तीन दिनमा तीन करोडमाथि कलेक्सन गरेको वितरक गोविन्द शाहीले बताए ।

युवा पुस्तामाझ लोकप्रिय मानिएका प्रदीपको लोक प्रियतालाई यो चलचित्रले थप उचाइ दिएको छ । उनले लिलीबिलीको प्रचारका लागि हास्य टेलि सिरियल समेत पनि खेले । दर्शकलाई लिलीबिली हेर्न उनले गरेको आग्रह अनुसार दर्शक आइरहेका छन् । प्रदीप खड्का र जसिता गुरुङको एक्टिङलाई दर्शकले मन पराए । 

मिलन चाम्स, गोविन्द शाही र सुदीप खड्काले संयुक्त लगानीमा निर्माण भएको चलचित्र मिलनले निर्देशन गरेका हुन् । चलचित्रमा प्रदीप र जसिताका साथै प्रियंका कार्की,सविन श्रेष्ठ, अनुपविक्रम शाही लगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया