अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१३ | Colorodo: 12:28

आगामी जेठमा काठमाडौँमा हुने कन्सर्टमा सलमान आउन पाउने

बिआरटीनेपाल २०७५ वैशाख ४ गते १६:३३ मा प्रकाशित

मुम्बई, २० वर्षअघि भएको कालो हरिण सिकार प्रकरणमा बलिउड अभिनेता सलमान खानलाई मङ्गलवार सेसन कोर्टले विदेश जाने अनुमति दिएको छ । यो आदेशसँगै अब आगामी जेठमा काठमाडौँमा हुने कन्सर्टमा पनि सलमान आउन पाउने भएका छन् । सलमान खानले सेशन कोर्टमा आफ्नो पेसालाई निरन्तरता दिनका लागि अमेरिका, क्यानडा र नेपालसहित चार देश जान अनुमति मागेका थिए । सेसन कोर्टले सलमान खानको जमानत स्वीकार गरेको समय बिना अनुमति देश बाहिर जान रोक लगाएको थियो ।

राजस्थानको जोधपुर अदालतले सलमान खानलाई २० वर्ष पुरानो हरिण सिकार मामिलामा दोषी ठहर गर्दै पाँच सालको कैद सजाय सुनाएको थियो । उनीमाथि १० हजार रुपैयाँ जरिवाना पनि तोकिएको थियो ।

प्रतिक्रिया