अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३९ | Colorodo: 15:54

दरबारमा मार्गमा खुल्यो किंङस् लाउञ्ज, स्वादिष्ट परिकार र संगीतप्रेमीलाई उचित गन्तव्य

बिआरटीनेपाल २०७५ वैशाख ४ गते ९:४५ मा प्रकाशित

नयाँ वर्ष २०७५ को अवसर पारेर राजधानीको दरबारमार्गमा अत्याधुनिक फेमिली रेस्टुरेन्ट ‘किंङस् लाउञ्ज’ सञ्चालनमा आएको छ । सङ्गीतका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।

विभिन्न पेसा र व्यवसायमा आबद्ध केही युवाहरूको सामूहिक लगानीमा सुरुवात गरिएको रेस्टुरेन्टमा चाइनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक लाईभ साङ्गीतिक कार्यक्रम समेत प्रस्तुत गरिने लाउञ्जका सञ्चालक दर्शन भट्टराईले बताए ।

राजधानीको मुख्य केन्द्र दरबार मार्गमा सुरक्षित पारिवारिक वातावरणमा फरक ढगंले रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको किंङस् लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए । ‘अहिले सञ्चालनमा रहेका रेस्टुरेन्टभन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्को सुरुवात गरेका हौँ ।’ लाउञ्जका सञ्चालक भट्टराईले भने ।

रेस्टुरेन्ट बिहान एघार बजेदेखि राति १२ बजेसम्म सञ्चालनमा आउनेछ । बिहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठि, इभेन्ट तथा पार्टीहरू सञ्चालन गरिने बताइएको छ । जसका लागि टेरेस रुम, भिआइपि रूप, लाईभ रुम, फेमेलि रुम लगायतको व्यवस्था गरिएको छ । साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिक रूपमा फरक फरक कलाकारहरूबाट लाईभ म्युजिकले प्रस्तुति रहने लाउञ्जका अर्का सञ्चालक रामचन्द्र श्रेष्ठले बताए ।

‘विशेषगरी रेस्टुरेन्टमा क्रिस्पी चिकेन, प्रान्को फ्राईड चिकेन, प्रान्को प्राउन, डेभेलोन होर्स बोक लगायतका फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् । दरबारमार्गमा सङ्गीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने हाम्रो योजना छ ।’ लाउञ्जका अर्का सञ्चालक कुमार गुरुङले बताए ।

अहिले रेस्टुरेन्ट सञ्चालनमा आए पनि औपचारिक उद्घाटन केही समयपछि गरिने बताइएको छ । नेपालको नमुना स्वरूपमा तयार गरिएको किंङस् लाउञ्जमा झन्डै सय जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू