अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५२ | Colorodo: 00:07

नेपाली चलचित्र डमरुको डण्डीबियो अस्ट्रेलिया र नेपालमा एकै चोटि रिलिज हुने

बिआरटीनेपाल २०७५ वैशाख ३ गते २१:१९ मा प्रकाशित

नेपाली चलचित्र डमरुको डण्डीबियो नेपाल र अस्ट्रेलियामा एकै चोटि रिलिज हुने तय भएको छ । यही वैशाख २१ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘डमरुको डण्डीबियो’ युनिट पोखरा, बुटवल, नारायणढ र धरानमा एक हप्ता पछि काठमाडौँ फर्किएको छ ।

समृद्धि ईन्टरटेनमेन्टको प्रस्तुति रहेको छ भने यस चलचित्रलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् । चलचित्रलाई विनोद गुरुङ र नोर्वु छिरिङ घलेले संयुक्त रूपमा निर्माण गरेका हुन् । चलचित्रमा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ, मिश्री थापा, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा लगायतको अभिनय छ । 

डण्डीबियो खेललाई राष्ट्रिय खेलबाट हटाइएको चलचित्रमा उठाइएको विषयले गर्दा यति बेला दर्शकको ध्यान तानिरहेको छ । डण्डीबियो पारखी एक युवाले उक्त खेललाई पुन: राष्ट्रिय खेलमा थप्न गरेको सङ्घर्षको कथा रहेको चलचित्रको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया