अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१ | Colorodo: 06:36

जापानमा नेपाली युवा बक्सर खेलाडी घिमिरे विजयी

बिआरटीनेपाल २०७५ वैशाख ३ गते २०:१० मा प्रकाशित

जापानमा नेपाली युवा १८ वर्षीय बक्सर खेलाडी अविरल घिमिरेले जापानी बक्सर खेलाडी वादा मासाकी (राधा)लाई रिंगमा ढाल्दै विजय हासिल गरेका छन् । आइतबार जापानको नागोया सहरमा भएको खेलमा घिमिरेले एस-व्याट्लको उपाधि हात पारेका हुन् । तीन राउण्डको तीन चरणको खेलमा अङ्क बराबरी हुँदा अतिरिक्त खेलाइएको थप दुई मिनेटको समयमा घिमिरेले प्रतिस्पर्धी वादा मासाकीलाई पराजित गर्दै जापानमा नेपालीको नाम राखेका हुन । 

अविरल घिमिरे सपरिवार जापानमा बस्दै आएका छन् । घिमिरेका पिता देव घिमिरे अन्तर्राष्ट्रिय स्तरको के वन बक्सर खेलाडी तथा प्रशिक्षक समेत हुन् । सन् २०१६ बाट किक बक्सिगं खेल्न थालेका घिमिरेको यो सातौँ विजय हो । 

फोटो: अबिरल घिमिरेको फेसबुकबाट

प्रतिक्रिया