अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 09:36

स्वास्थ्यमा अरबौको घोटाला

नागरिक दैनिक २०७५ वैशाख ३ गते १९:४८ मा प्रकाशित

काठमाडौँ: स्वास्थ्य सेवा प्रवाहमा आवश्यक औषधि र उपकरण खरिदका लागि विनियोजित बजेटबाट स्वास्थ्य मन्त्रालय अन्तर्गतका कार्यालयहरूले मनपरी खरिद गरी अर्बौं रुपैयाँ अनियमितता परेको पाइएको छ।

खरिद गरेको उपकरण बिग्रिएको थाहा हुँदाहुँदै भुक्तानी दिएको, बिनाप्रतिस्पर्धा करोडौंका सामान खरिद गरेको, लागत अनुपातभन्दा बढीको टेन्डर स्वीकृत गरेको, आपूर्तिकर्ताबाट कानुनअनुसार क्षतिपूर्ति नलिइ भुक्तानी गरेर अनियमितता भएको महालेखा परीक्षकको ५५ औँ वार्षिक प्रतिवेदनले औँल्याएको छ। गुणस्तरहीन औषधी । पर्याप्त मौज्जाद सामाग्रीसमेत खरिद गरेर अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ। 

सम्बन्धित सामग्रीहरू