अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३४ | Colorodo: 17:49

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

बिआरटीनेपाल २०७५ वैशाख ३ गते १७:०७ मा प्रकाशित

काठमाडौँ, नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले स्वतःसञ्चालित मूल्य संरचनाबमोजिम पेट्रोलमा प्रतिलिटर रु एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुई÷दुई मूल्य वृद्धि गरेको जनाएको छ । समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०६ र डिजेल तथा मट्टितेल प्रतिलिटर रु ८७ कायम भएको छ । स्वतः सञ्चालित मूल्य संरचनाअनुसार बिक्री मूल्य समायोजन गर्दा निगमको अर्ध मासिक नाफा करिब रु २१ करोड हुने देखिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू